२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आजसहित तीन दिनकै मौसम सामान्य, आंशिक बदलीबाहेक छैन केही

फाइल तस्बिर

आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी सूचनामा हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरिएको छ।

महाशाखाले शुक्रवारसम्म नै मौसम सामान्यतया सफा रहने बताएको छ। पश्चिमी वायुको प्रभाव रहेका कारण शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना न्यून रहेको पनि महाशाखाले जनाएको छ।  

महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न भने आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ४ पुस २०८० ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App