१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा ३९६ किलो गाँजा सहित २ जना भारतीय नागरिक पक्राउ

चितवनमा ठूलो परिमाणको लागू औषध गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। 

मंगलबार बिहान नारायणगढ-मुग्लिङ सडक खण्डबाट नारायणगढ तर्फ आउँदै गरेको भारतीय नम्बर पलेट जे एच ओ ०२  डब्लु ९६३१ नम्बरको ट्रक सहित जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आँपटारी बाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ४५ वर्षीय अनिल गिरी र सोही प्रदेशका ३७ वर्षीय राजपाल सिंह रहेका छन्। उनीहरूको साथबाट तीन सय ९६ किलो गाँजा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

उनीहरूले वीरगन्ज नाकाबाट खाली ट्रक ल्याएर मकवानपुरको मनहरी क्षेत्रबाट गाँजा लोड गरेको हुन् सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। भारतबाट नै योजना बनाएर गाँजा लिन आएको हुन् सक्ने कार्कीको भनाई छ। उनीहरू वीरगन्ज नाकाबाट छिरेर सुनवल नाका हुँदै जान लागेको उनले बताए। उनीहरूले ट्रकको छतमा लुकाएर गाँजा ल्याएका थिए। चेक जाँचको क्रममा गाँजा बरामद गरिएको उनले बताए।

प्रकाशित: ३ पुस २०८० ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App