८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

घुससहित वडा अध्यक्ष पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की  घुस रकम सहित सोमबार पक्राउ परेका छन्।    

कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए।

कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।  

प्रकाशित: २ पुस २०८० ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App