१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आजदेखि मौसम सुधार हुने

काठमाडौं– मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि घाम लाग्ने हुनाले तापक्रम बढ्ने जनाएको छ । साथै तराईमा करिब डेढ महिनादेखि लागेको बाक्लो हुस्सु तापक्रम बढेस“गै हराउनेछ।

महाशाखाका मौसमविद् राजु प्रधानांगले मंगलबार सा“झदेखिको मौसम प्रणाली बुधबार सा“झसम्म पूर्वबाट बाहिरिएको जानकारी दिए । ‘हिजो राती पश्चिम नेपालबाट भित्रिएको पश्चिमी वायु पूर्वबाट निस्किने क्रममा छ’, उनले बुधबार सा“झ नागरिकस“ग भने, ‘भोलीदेखि घाम लाग्छ ।’ उनका अनुसार बिहीबार बिहान न्यूनतम तापक्रम घट्ने र अधिकतम तापक्रम बढ्नेछ ।
‘शुक्रबारदेखि दुवै तापक्रम बढ्छ’, उनले भने । बुधबार राजधानीको न्यूनतम तापक्रम ७.३ र अधिकतम तापक्रम १२ डिग्री सेल्सियसको हाराहारीमा छ।

हिउँद सुरु भएयता दोस्रो पटक भित्रिएको पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । साथै काठमाडौं उत्पयका वरिपरिका डा“डा“मा पनि हल्का हिमपात भएको छ । फुलचोकी, चन्द्रागिरी, शिवपुरीलगायतका डाँडाँमा हिम परेको छ।

प्रधानांगका अनुसास यो प्रणालीले अधिकांश उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात गराएको जानकारी दिए । ‘यसस“गै आएको पानीका कणयुक्त वाष्फ आकासमा बा“की रहेकाले बिहीबार दिउ“सो पछि उच्च हिमाली क्षेत्रका एक÷दुई स्थानमा मात्र हल्का हिमपात हुनसक्छ’, उनले भने।

शुक्रबारबाट दुवै तापक्रम बढ्न थालेपछि पूर्वीदेखि पश्चिम तराईका सबै भू–भागमा लाग्दै आएको बाक्लो कुहिरो पनि हराउने उनले जनाए । ‘बुधबार तराईमा हुस्सु छैन । बिहीबार पश्चिम नेपालका केही ठा“उमा लाग्न सक्छ,’ प्रधानांगले भने।

पश्चिम नेपालबाट सक्रिय रूपमा वायु भित्रिन नसक्दा यस बर्ष अहिलेसम्म हिउ“दे वर्षाको छनक देखिएको थिएन । पश्चिमी वायु नचल्दा तराई पनि लामो समयदेखि बाक्लो हुस्सुमा रुमल्लिनु परेको छ । हिउ“दे वर्षा नहु“दा हिमपातमा पनि कमी आएको छ।
मौसमविद् मणिरत्न शाक्यका अनुसार सामान्यतया हिउँदमा सक्रिय पश्चिम वायुको प्रभावबाट मौसममा फेरबदल भई वर्षा हुने गर्छ । तर यस वर्ष पश्चिम वायुको प्रभाव कम भयो।

महाशाखाका मौसमविद् प्रधानांग पनि प्रत्येक हिउँदमा चार/पाँच पटक यस्तो प्रणाली भित्रिने गरेकोमा यस वर्ष दुई पटक मात्र भित्रिएको जानकारी दिए । पहिलो पटक मंसिर २६ र २७ गते यो प्रणाली नेपाल भित्रिएको थियो । त्यसले पश्चिम नेपालका उच्च पहाडी भेगमा हल्का हिमपात र केही स्थानमा वर्षा गराएको थियो । ‘त्यो प्रणाली पश्चिममा नै निस्क्रिय भयो, मध्य र पूर्वसम्म आउन सकेन’, उनले भने।

हिउँदयामको सुरुवातसँगै नेपाल लगायत दक्षिण एसियामा युरोप महादेशको चिसो भूभागबाट पूर्वतिर हावा चल्छ । यो हावा एशिया महादेशको उत्तरी भेगको हिमालको बाटो हँुदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुँदा झन् चिस्सिने गर्छ र यो हावा जहाँ–जहाँ बहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिन्छ।

यसरी बहने पश्चिमी वायुको गतिमा अवरोध भई वायुमण्डलीय चापमानमा ह्रास आएको खण्डमा मौसम बदली भई वर्षा हुने गर्छ। यस्तो मौसमी प्रक्रियालाई ‘पश्चिमी वायुको प्रभाव’ भनिन्छ । हिउँदयाममा यस्तो प्रक्रियाबाट नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा कम्तिमा पनि ३÷४ पटक वर्षा हुने गर्छ।

प्रकाशित: ११ माघ २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App