१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

राम जानकीको स्यम्बर सम्पन्न आजै राती बिहे हुने

राम जानकी विवाह महोत्सवअन्तर्गत छैटौँ दिन आज स्यम्बर सम्पन्न भएको छ। राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोलालाई विशेष सुसज्जित गरी बाह्र बिघाको रंगभूमीमा पुर्‍याई प्रतीकात्मक रामसीता बिच स्यम्बर गराइएको छ।

विवाह महोत्सव हेर्न आएका लाखौँ श्रद्धालुको सहभागिता बिच रंगभूमीमा बनाइएको मञ्चमा स्यम्बर  गराइएको हो। बाह्र बिघामा स्यम्बर  गराएपछि रमजानकीको डाललाई नगर परिक्रमा गराउँदै जानकी मन्दिरमा पुर्‍याएको हो।

जानकी मन्दिरमा बनाइएको वेदीमा आज राती राम सीता बिच विवाह गराइन्छ। वेदी र मडवा बनाउनका लागि शनिबार गंगासागर पोखरीबाट मोटो ल्याएको थियो।

मङ्सिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सिताबिच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा राम जानकी विवाह पञ्चमी भव्यताका साथ मनाउने गरिन्छ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको विश्वास गरिन्छ। त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्यम्बर  गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ।

राम मन्दिरका महन्त रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा र जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा थिए।

राम र जानकीको विवाह उत्सवमा सहभागी हुन नेपालसहित भारत र अन्य मुलुकबाट आएका श्रद्धालुहरूले जनकपुर भरिभराउ बनेको छ।  राम जानकीको विवाह पश्चात् भोलि राम कलेवा अर्थात् जन्तीको बिदाइ गरी विधिवत् रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।

प्रकाशित: १ पुस २०८० ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App