४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले भोलि पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

प्रकाशित: ३० मंसिर २०८० १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App