४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्यमन्त्री यादवको राजीनामा माग गर्दै बारामा प्रदर्शन

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सरोज यादवकाे राजीनामा माग गर्दै बारामा प्रदर्शन गरिएको छ।

बुधबार सिम्रौनगढ नगरपालिकामा तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा स्थानीय लक्ष्मी मुखियाको प्रहरी गोली लगेर मृत्यु भएको थियो।

सोही विषयलाई लिएर बिहीबार मृतका आफन्त र केही कांग्रेसका नेताहरुले मुख्यमन्त्री यादवलाई कारबाही हुनुपर्ने माग सहित राजीनामा माग गर्दै कलैयामा प्रदर्शन गरेका हुन्।

बुधबार भएको झडपमा मुख्यमन्त्री यादव र नगर प्रमुखको आदेश अनुसार प्रहरीले गोली चलाउँदा मुखियाकाे मृत्यु भएको पीडित पक्षको ठहर छ। मुख्यमन्त्री र नगर प्रमुखको आदेशमा गोली चलाउने प्रहरी निरीक्षकलाई समेत कारबाही गरिनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरी प्रदर्शन जारी राखेका छन्।

प्रकाशित: २८ मंसिर २०८० १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App