२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

रामपुर नगरपालिका-१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए।

दाङको शान्तिनगर गाउँपालिका-१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिले सो रकम प्रदान गरेको हो।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो। रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २८ मंसिर २०८० ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App