६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भोजको घटना जाँचबुझ गर्न खाद्य प्राविधिक टोली घटनास्थल जाँदै

लमजुङको सुन्दरबजार नगरपालिका–९ मा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको घटना जाँचबुझ गर्न दमौलीस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयको टोली आउँदै गरेको जिल्ला प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले घटनाको जाँचबुझ गर्न प्राविधिक टोलीहरू घटनास्थल आउँदै गरेको जानकारी दिए। उनले अहिलेसम्म एक जनाको मृत्यु भएको र दुई दर्जन बिरामी उपचाररत रहेको जानकारी पनि दिए।

‘उपचारमा रहेकाको अवस्था सामान्य छ’, मिश्रले नागरिकन्यूजसँग भने। का अनुसार सुन्दरबजार नगरपालिका–८ अकलाटोलमा भएको भोजमा स्थानीयहरू सहभागी थिए।

भोज खाएकी सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको आइतबार बिहान मृत्यु भएको हो। बेँसीसहर नगरपालिका-९ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका -९ बस्दै आएकी ३२ बर्सिया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए। उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका-९ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र लगातार   पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमुना सामुदायिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा ल्याउने बित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचाररत छन्। भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए। भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालका  बिरामी आउने क्रम जारी छ। घटनाको अनुसन्धान भइरहेको छ।  

प्रकाशित: २४ मंसिर २०८० ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App