१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार कैनीमाथि आक्रमण

चोट देखाउँदै कैनी

गोरखा-  जिल्लास्थित पत्रकार सुदीप कैनीमाथि मस्र्याङ्दी नदीमा अवैध बालुवा उत्खनन भएको समाचार संकलनका क्रममातनहुँ आबुखैरेनी गाउँपालिका–३ मा आक्रमण भएको छ। सोमबार दिउँसो त्यहाँ पुगेका उनलाई अपरिचित युवाको समूहले क्यामेरा फुटाउने, मोबाइल खोस्ने गर्दै कुटपिट गरेका हुन्।

बालुवा उत्खननमा संलग्न युवाको आक्रमणबाट कैनी घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। आक्रमणकारीले तस्बिर खिचेको भन्दै कैनीको क्यामेरा फुटाइदिएका छन् । ‘एक्कासि आएर क्यामेरा खोसे, तँ को हो भने, क्यामेरा फुटाए, मोबाइल नियन्त्रणमा लिए,’ घाँटीको चोट देखाउँदै कैनीले भने।

आक्रमणकारी घटनालगत्तै भागेका थिए । इलाका प्रहरी कार्यालय आबुखैरेनीमा कैनीले आक्रमणकारीविरुद्ध जाहेरी दिएका छन् । शिवजी केसी, रामकृष्ण केसी, सुवास केसी, रन्जित श्रेष्ठलगायतका युवा आक्रमणका संलगन रहेको उनले बताए । इलाका प्रहरी कार्यालय आबुखैरेनीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको बताएको छ।

पत्रकार कैनीमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ गोरखा शाखाले ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष किशोरजंग थापाले विज्ञप्ति जारी गर्दै ‘पत्रकार कैनीमाथि भएको आक्रमणको प्रेस स्ववतन्त्रतामाथिको हमला भएको भन्दै भत्र्सना गरेका छन्।आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न विज्ञप्तिमार्फत महासंघले जोडदार माग गरेको छ।

 

प्रकाशित: १ माघ २०७४ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App