१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालबालिकामा गरिबीको कुप्रभाव

फाइल तस्वीर

गरिबीमा हुर्के बढेका बालबालिकाहरूमा दुश्चिन्ता र अवसादका समस्याहरू चाँडै देखिने गरेको छ। कमजोर आम्दानी भएको बालबालिकाहरूको मस्तिष्क परीक्षण गर्दा उनीहरूको शारीरिक संरचनामा पनि केही परिवर्तन देखिएको थियो।

वैज्ञानिकहरूले उदाहरणका रूपमा कमजोर आम्दानी भएका बालबालिकाहरूको मस्तिष्कको अध्ययन गर्दा उनीहरूको दिमागमा हुने हिप्पोक्याम्पस तुलनात्मक रूपमा निकै सानो पाइयो। हिप्पोक्याम्पसको मूल काम स्मृति राख्नु र सिक्ने काम गर्नु हो।

उसो भए यसलाई कसरी समाधान गर्ने त? वैज्ञानिकहरूले भखरे नेचर कम्युनिकेसन नामक जर्नलमा एउटा शोध प्रकाशन गरेका छन्।

हार्वर्ड विश्वविद्यालयका अध्येता केटी म्याकला फूलिन र डेभिड वेसम्यानले गरेको अध्ययनपछि भन्छन्, ’पैसाले धेरै फरक पार्छ। उत्तिकै सामाजिक नीतिहरूले पनि मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ।’

कमजोर आर्थिक हैसियत भएकाहरूको बसाइ उचित हुँदैन, उनीहरूले भनेको बेलामा राम्रो सामाजिक सहयोग पाउँदैनन्, उत्तिकै तनाव र दबाब पनि झेल्नुपर्ने हुन्छ। उनीहरूले यति धेरै तनाव र दबाब झेल्नुपर्छ कि त्यसले उनीहरूको मस्तिष्कमा नै असर पार्छ। यसका लागि अध्येताहरूले अमेरिकाका १० हजार ९ देखि ११ वर्ष उमेर समूहका १७ राज्यका बालबालिकाहरूको मनोवैज्ञानिक विकासका बारेमा अध्ययन गरेका थिए।

यसअघि पनि यस्तो अध्ययन नभएको होइन तर यति विस्तृत अध्ययन भएको थिएन। अमेरिकाका विभिन्न राज्यका नीति, कार्यक्रम तथा त्यहाँका गरिबहरूको अवस्थाबारे लामो समय अध्ययन गर्दा के पनि पाइएको थियो भने सरकारहरूले राम्रो नीति तय गर्दाका फाइदा ती गरिब ठानिएकाहरूको जीवनस्तर, उनीहरूको तनाव र दबाब साथै भविष्यमा पर्ने प्रभावमा सकारात्मक असर गरेको पाइएको थियो। तर ’वाल स्ट्रिट जर्नल’की पत्रकार एलिसन गोपनिकले भने अध्ययनमा कुन राज्यले कस्ता नीतिका कारण गरिव बालवालिकाहरूले फाइदा लिएका थिए भने खुलाएकी छैनन्।

यतिचाहिं पक्का हो, गोजीमा थोरै रकम भएको गरिब मानिसको आत्मविश्वास पनि गजबकै हुन्छ भन्ने नेपालका प्रख्यात कवि तथा उपन्यासकार बुद्धिसागरले आफ्नो पहिलो उपन्यास ‘कर्णाली ब्लुज’मा राम्रोसँग व्याख्या गरेका छन्।

-अच्युत कोइराला

प्रकाशित: २२ मंसिर २०८० ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App