१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

हात्ती नियन्त्रण गर्न सांसदको माग

सुनसरी, मोरङ र झापामा क्षति पुर्‍याइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदले माग गरेका छन्। कोशी प्रदेश सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ज्ञानेन्द्र सुवेदीले झापा, मोरङ र सुनसरीमा भारतबाट आएका हात्तीले क्षति पुर्‍याइरहेकाले नियन्त्रण गर्न सरकारसँग माग गरे।

भारतबाट समूहमा आएका २७ वटा हात्तीले मोरङ र सुनसरीमा दुई जनाको ज्यान लिइसकेको, किसानको बालिनाली नाश गरेर क्षति पु¥याइरहेको सांसद सुवेदीले बताए। उनले हात्ती आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार र बालिनाली, धनमाल नष्ट भएका जनतालाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे।

ठुलो झुन्डमा जंगली हात्ती सुनसरी र मोरङको चारकोसे झाडीमा लामो समय रहँदा जंगल नजिकका जनता आतंकित भएको सुवेदीले बताए। शून्य समयमा बोल्दै सांसद किशोरचन्द्र दुलालले ५ महिनापछि आएको बजेट कार्यान्वयनका लागि तत्काल सम्बन्धित निकायमा बजेट पुर्‍याउन माग गरे।

बजेट सम्बन्धित निकायमा पुर्‍याउन ढिलाइ गरे कोसी प्रदेशको बजेटमा उल्लेख भएका योजना तथा कार्यक्रमह कागजमा मात्रै सीमित हुने दुलालले बताए। उनले भने, ‘प्रदेशसभाले पारित गरेका योजना तथा कार्यक्रम केही सांसदले आफूले पारेको भनी सामाजिक सञ्जालमा पोस्ट गरी प्रदेशसभाको मानमर्दन गरेकोमा आपत्ति जनाउँछु।’

शून्य समयमा बोल्दै सांसद गम्बु शेर्पाले लामो समयदेखि प्रदेससभा नेतृत्वविहीन रहेको भन्दै तत्काल सभामुख निर्वाचनको कार्यसूची प्रकाशित गर्न माग गरे।

प्रकाशित: २० मंसिर २०८० ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App