४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार परे कालो सूचीमा

विभिन्न पाँच निकायअन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो।

कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौं पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालो सूचीमा राखिएको छ।

त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली-सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा-हेना-सुनामी जेभीलाई एक वर्षको लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ।

त्यस्तै, धादिङको धुनीबेंसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालो सूचीमा परेको छ।

प्रकाशित: १९ मंसिर २०८० ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App