अपर तामाकोशीको परियोजनाका पीडितहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार उनीहरुले काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको प्राङ्गणमा प्रदर्शन गरेका हुन्।
पीडित संघर्ष समितिले मानवअधिकार रक्षाका लागि भन्दै आन्दोलनमा उत्रिएको बताएको छ।
उनीहरुले अन्यायपूर्ण विकास पीडितहरु एक होऔं, विकासको नाममा मान्छे मार्न पाइदैन, आदिवासीहरुको भूमि फिर्ता गर, राज्य आन्तक बन्द गर लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका छन्।





प्रकाशित: १८ मंसिर २०८० १३:५१ सोमबार





