१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा अब खुला प्रतिस्पर्धाबाट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट गर्ने भएको छ।हालसम्म उक्त सेवा नेपाल वायुसेवा निगमले विना प्रतिस्पर्धा उपलब्ध गर्दै आएको थियो।

प्राधिकरणको प्रवक्ता जगन्नाथ निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट गर्ने निर्णय भएको बताएका छन्।‘प्राधिकरणले कानुन बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा खुला प्रतिस्पर्धामार्फत छनौट गर्ने निर्णय गरेको छ ।’ उनले थपे ‘यस निर्णयले विमानस्थलको सेवा थप गुणस्तरीय र उत्कृष्ट हुन्छ।’

प्रवक्ता निरौलाले हालसम्म विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा गर्दै आएकोमा निगमले उडानको व्यवस्थापन र सुरक्षामा भन्दा पनि भूमिस्थ प्रबन्धमा मात्र ध्यान दिँदा सेवाकर्ताको गुनासो आएको बताए। उनले भने, ‘निगमको ध्यान भूमिस्थ प्रबन्धमा मात्र हुदाँ उडानको नियमितता गर्न सकेन, फेरी सेवाकर्ताको गुनासो पनि त्यत्तिकै आएका छन्।’ उनले यस निर्णयले निगमले आफ्नो उडान व्यवस्थापन तथा सुरक्षामा सहज हुने बताए।

प्रकाशित: १५ मंसिर २०८० ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App