९ फाल्गुन २०८० बुधबार
समाज

लागुऔषधसहित दुई जना पक्राउ

चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ। झापाको बुधबारे गाउँपालिका-५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो।

भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो।

इलामको माई नगरपालिका-३ चियाकमानबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: १२ मंसिर २०८० ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App