अर्घाखाँचीको प्रसिद्ध ‘सुपा देउराली’ मन्दिरले संकलन भएको भेटीबाट भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि मन्दिर संरक्षण समितिले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मन्दिर संरक्षण समितिका कोषाध्यक्ष कृष्णलाल पुरीका अनुसार जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समिति मार्फत १ लाख ५१ हजार रुपैयाँ सहयोग गरिने भएको हो।
मन्दिरले २०७२ सालको भूकम्पमा पनि संकलित भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियो। मन्दिरमा संकलन हुने भेटिबाट जिल्लाका चार विद्यालयमा निजी शिक्षकको व्यवस्था गर्नुका साथै अन्य विकास निर्माणमा पनि टेवा पु¥याउँदै आएको छ।
पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक गन्तव्य स्थलको रुपमा विकास भएको छ।
प्रकाशित: १२ मंसिर २०८० ०६:५७ मंगलबार