३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा विद्यार्थीको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

बससँग मोटरसाइकल ठोक्किँदा रेसुङ्गा नगरपालिका-४ बस्ने १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत झाँक्री आफ्नो पढाइ सकेर तम्घासबाट जेगिथुम तर्फ जाँदै गर्दा बससँग ठोक्किन पुगेका थिए।

लु ८७ प ९८१ नम्बरको झाँक्री सवार मोटरसाइकल र छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा एक आपसमा ठोक्किएका हुन्। ‘ओभरटेक’  गर्ने क्रममा बससँग ठोक्किएर घाइते भएका झाँक्रीको उपचारको क्रममा मृत्यु भएको हो।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा घटनाको थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०८० १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App