१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कटहरीमा १२ करोडको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा

कटहरी–३ मा रहेको गाउँबेनी कृषि फार्मको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । तस्बिरः चुमन बस्नेत/नागरिक

मोरङको कटहरी गाउँपालिका–३ मा गाउँबेनी कृषि फार्म सञ्चालनमा आएको छ।आज शुक्रबार एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गाउँबेनी कृषि फार्मको उद्घाटन गरेका हुन्।

विराटनगर महानगरपालिकासँगै रहेको कटहरी गाउँपालिकामा विराटनगरका कानुन व्यवसायीहरुको लगानीमा कृषि फर्म सञ्चालनमा ल्याइएको हो।

१२ करोडभन्दा बढी रुपैयाँको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा आएको छ।८ विघा क्षेत्रमा फैलिएको फार्ममध्ये ७ विघा फार्मको जग्गा हो भने १ विघा जग्गा भाडामा लिएर सञ्चालन गरेको गाउँबेनी कृषि फार्मका अध्यक्ष भरतबहादुर थापाले जानकारी दिए।उनकाअनुसार फार्ममा कृषि उत्पादन मात्रै नभई पर्यटन आकर्षित गर्ने नौलो प्रकारको फार्म हुनेछ।  

जुन पर्यटन कृषि फार्ममा माछा, कुखुरा, हाँस, खसी पालन, अग्यार्निक तरकारी खेती, फलफूल खेती गरिने छ।कृषि फार्मभित्रै नेपालको हरेक जातजातिको पहिचान झल्किने गरी जातीय घरको निर्माण गरिने थापाले बताए।

लोप हुन लागेको मौलिक संस्कृति र परम्परागतहरुको संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न जातीय पहिचान झल्कने पोशाक, कृृषि औजार र परम्परागत खैलीका खेती गर्ने तरिका झल्कने गरी पर्यटन कृषि फार्मभित्र छुट्टै स्थानमा प्रदर्शन हुनेछ।यसले कृषि उत्पादन गर्नुका साथै पुराना कृषि पद्धतिबारे जानकारी गराउने हुँदा यहाँ अवलोकन गर्न आउने विश्वासका साथ पर्यटन कृषि फार्म सञ्चालनमा ल्याएको अध्यक्ष थापाले बताए।

प्रकाशित: ८ मंसिर २०८० १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App