१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई दाजु भाइ कोठाभित्र मृत फेला,प्रहरीले अनुसन्धान गर्दै

दाङमा दुई दाजु भाइ मृत फेला परेका छन्। तुलसीपुर ६ गाइडरमा कोठा भित्र दुई दाजु भाइ मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १६ डोक्रेनाका ३३ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।

गाइडर स्थित टेकबहादुरको डेरा कोठामा यी दाजु भाइ मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। मृत पूर्णबहादुरकी श्रीमती रोल्पाबाट राती मात्रै दाङ आइपुगेको र प्रहरीले अब उनीहरू मृत भेटिएको ढोका खोल्ने जनाएको छ। ‘पूर्णबहादुरकी श्रीमती तिहार मान्न रोल्पा गएको र उहाँले म आएपछि मात्रै ढोका खोल्न भन्नु भएको थियो,’ मल्लले भने ‘उहाँ राती आइपुग्नु भएको छ, अब हामीहरूले ढोका खोलेर घटनाको अनुसन्धान गर्ने छौँ।’

उनका अनुसार उनीहरू मृत भेटिएको कोठा भित्र विषादीको गन्ध आइरहेकाले दुवै दाजु भाइले विष सेवन गरेको हुन सक्ने आशङ्का गरिएको छ। यसअघि पनि उनीहरूले विष सेवनको प्रयास गरेको पनि प्रहरीलाई आफन्तीहरुले जानकारी दिएका छन्। गए राती बन्द कोठामा रहेका दुवै दाजु भाइलाई घरबेटीले बोलाउन खोज्दा नबोलेपछि घरबेटीले झ्यालको सिसा खोलेर कोठा भित्र हेरेका थिए। त्यो बेला दुवै जना मृत अवस्थामा भुईँमा पल्टिएको फेला परेका थिए।

प्रकाशित: ५ मंसिर २०८० ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App