२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिंदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए।

नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेका पोखरेललाई मधेस प्रदेश-०३-००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो।

महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको  प्रहरी निरीक्षक अनिलराज गिरीले बताए।

बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ। सडक छेउमा रोकिराखेको बागमती प्रदेश-०२-०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्‍याएको छ। चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ४ मंसिर २०८० ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App