१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आज साँच्चिकै रविबार

फाइल तस्बिर

आज आइतबार अर्थात रविबार।रवि अर्थात सूर्य ।आज सूर्य आराधनाको  उल्लासमय पर्व छठको  मुख्य दिन।त्यसैले आज साच्चिैकै रविबार।

प्राय मान्छेले बलेको आगो ताप्छ।डुब्दै गरेको र निभ्दै गरेकालाई नजरअन्दाज गर्छ।तर यो पर्व यति पवित्र छ कि आज साँझ तराई देखि पहाडसम्मका श्रद्धालुले नदी तथा ताल तलैयामा जम्मा भएर अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु हो। त्यस अर्थमा आज साच्चिैकै रविबार। 

छठ अर्थात सद्भावको पर्व ।  गुह्येश्वरीस्थित बाग्मती किनारमा रहेका श्रद्धालुदेखि रौतहटको बाग्मती किनारमा भेलामा भएका श्रद्धालु  सबैले साँझ सूर्यलाई पवित्र भावना बोकेर अर्घदिदै छन् । बाग्मती नदिले पहाड र तराई जोडेजस्तै छठ पर्वले पहाड र मधेस जोड्दै छ । कतिपय ठाउँमा त हिन्दूसंगै मुस्लिम समुदायका  दाजुभाइ पनि भेला भएर सामूहिक रुपमा पर्व मनाएको  विगतछ । नदी किनारमा बलेको सद्भावको दियोले रातमा पनि चम्केको सूर्यको झल्को दिन्छ। त्यस अर्थमा पनि आज साच्चिैकै रवि बार।  

धनी  गरिब तथा कथित माथिल्लो र तल्लो भनिएका जाती जनजाति एकै ठाउँमा भेला भएर मनाइने सद्भावको पर्व हो छठ । ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ। त्यस अर्थमा पनि आज साच्चिै रवि बार।  

प्राय मान्छेले बलेको आगो ताप्छ।डुब्दै गरेको र निभ्दै गरेकालाई नजरअन्दाज गर्छ।तर यो पर्व यति पवित्र छ कि आज साँझ तराई देखि पहाडसम्मका श्रद्धालुले नदी तथा ताल तलैयामा जम्मा भएर अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।त्यस अर्थमा आज साच्चिैकै रविबार। 

मधेसका नदी र ताल तलैया मात्र हैन पछिल्लो समय राजधानीका नदी र पोखरीमा पनि सद्भावको पर्व फैलिएको छ। राजधानीका गौरी घाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहना पोखरी, कुपण्डोल लगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण गरिएको छ ।छठका अवसरमा  बेहुलीझैँ सिँगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड उल्लेखनीय हुन्छ। राष्ट्रप्रमुख पूजा स्थलमा पुगेर उत्सवमा सहभागी हुने परम्परा छ। सूर्यको घामजस्तै सिङ्गो समाजलाई यस पर्वले न्यानो दिने गरेको छ । यस अर्थमा पनि आज साँच्चिकै रवि बार।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । पात्रोमा भोली सोमबार उल्लेख भएपनि पर्वको नजरमा आज मात्र हैन भोली पनि रविबार।  

प्रकाशित: ३ मंसिर २०८० ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App