२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेश स्तरीय कबड्डीमा सुनसरी शीर्ष स्थानमा

मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा छ।

कोसी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा सुनसरीे ३ खेलमा विजयी हुँदै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। ताप्लेजुङ र पाँचथरले समान अंक ४–४ प्राप्त गरेका छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका हुन् । 

त्यस्तै, सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गर्‍ यो। इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दै गर्दा १–१ खेलमा जित १–१ खेल हारेका छन्। उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक बटुलेको  । 

त्यसैगरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र ओखलढुङ्गाले खेलमा नतिजा निकाल्न नसक्दा अङ्कविहीन हुनु परेको छ । 

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन्। समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र ओखलढुङ्गा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन्। 

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ। 

प्रकाशित: १८ असार २०८१ १९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App