४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

टिकटक प्रतिवन्ध कार्यान्वयन गर्न समिति गठन

सरकारले टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरे पछि त्यसको पक्ष, विपक्षमा बहस भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाएको छ।

प्राधिकरणको निर्देशन पछि दूर सञ्चार सेवा प्रदायकले टिकटकमा रोक लगाएका छन्। यद्यपि भिपिएन लगायतका एप्स प्रयोग गरेर प्रयोगकर्ताले टिकटक प्रयोग गरिरहेको अवस्थामा प्राधिकरणले निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेर टिकटकको प्रयोगको रोकलाई प्रभावकारी बनाउने प्रयास गरेको छ।

प्राधिकरणले रायको संयोजकत्वमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधि सहित सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको समिति बनाएको छ।

समितिले टिकटकको अनुगमन गरेर एक सातामा प्राधिकरणलाई प्रतिवेदन पेस गर्नेछ।

सरकारको निर्णयमा टिकटक कम्पनीले असहमति प्रकट गरे पछि प्राधिकरणले नेपाल सरकारको निर्णयलाई सहयोग गर्न आग्रह गरेको थियो।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पछि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएका छन्।

प्रकाशित: २ मंसिर २०८० १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App