२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उर्लाबारीमा आगलागीमा परी घाइते ६ जनाको अवस्था गम्भीर

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको कीर्तिपुर बर्न अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताइन्। उनले चिकित्सकहरू घाइतेहरुको उपचारमा लागिरहेको बताइन्।

उनले भनिन्, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ। यसको बेटर म्यानेजमेन्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल ली छ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो।

प्रकाशित: १ मंसिर २०८० ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App