३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।

एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशन मार्फत भूकम्प पीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो। एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठ विषकोट नगरपालिका वडा नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको हो।

राहत सामग्री वितरण गरेकोमा फाउण्डेशनलाई नगर प्रमुख रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत ईन्द्रबहादुर विष्टले धन्यवाद ज्ञापन गरेका थिए। उनीहरुले विपद्को बेलामा एक्सपर्टले गरेको सहयोगको प्रशंसा गरेका थिए।

एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपद्मा सहयोग गर्दै आइरहेको छ। एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सानो सहयोग स्वरुप फाउण्डेशन मार्फत राहत सामग्री वितरण गरिएको बताए। 

प्रकाशित: २६ कार्तिक २०८० ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App