५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खेलाडी बोकेको गाडी दुर्घटना, तीन जना घाइते

कालिकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन्।

जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका गाउँपालिकाको वडा नं ४ सिम तली खाडा भन्ने ठाउँमा आज बिहान करिब ११: ३० मा दुर्घटना परेको हो।

उक्त बोलेरोमा कति जना सवार थिए भन्ने यकिन भएको छैन दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा गाउँपालिको वडा नं ६ का वर्ष १७ का वसन्त शाही, वर्ष १६ का सुमन शाही, र वर्ष १८ का प्रकाश शाही रहेका छन्। घाइतेहरू मध्य वसन्त शाहीको अवस्था अलि गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्स्पेक्टर पोषण थापाले अनुसार घाइते हरुको जिल्ला अस्पताल  कालिकोटमा उपचार भई रहेको छ। गाडी चालक तिलागुफा नगरपालिका वडा नं १ भिग्म निवासी पदम वुढा अहिलेसम्म फरार रहेको  प्रहरीको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८० ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App