२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

फाइल तस्वीर

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराएको छ। छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए। छायाँनाथ रारा नगरपालिकाले बाह्रौं नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

नगरपालिकाको बाह्रौं नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको  नगरप्रमुख विष्णुकुमार भामले बताए।

“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्‍याउँछ”, नगरप्रमुख भामले विश्वास व्यक्त गरे, “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ।”    

प्रकाशित: २४ कार्तिक २०८० ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App