२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युट्युबर मनोज मानव पक्राउ

युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

‘एकजना महिलाले उहाँले चरित्र हत्या गरेर आफ्नो बेइज्जत गरेको भन्ने उजुरी दिनुभएको छ,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, ‘त्यही उजुरीका आधारमा कीर्तिपुरबाट पक्राउ गरेर उहाँमाथि अनुसन्धान गरिरहेका छौं।’  

युट्युबर मानवले विभिन्न महिला र व्यक्तिका व्यक्तिगत जीवनका कुराहरूलाई लिएर सामग्रीहरू उत्पादन गर्ने गरेको आरोप छ।

प्रकाशित: २३ कार्तिक २०८० ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App