१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

धनगढीमा मोबाइल एपबाटै दमकल सेवा सुरु

घरमा आगलागी भएमा अब धनगढी नगरवासीले दमकल बोलाउन फोन गरिराख्नु पर्ने छैन। धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक मोबाइल एप मार्फत दमकल सेवा दिन सुरु गरेको छ।

मोबाइल एपमा गएर दमकलमा क्लिक गरेमा धनगढी उपमहानगरपालिकाको कार्यालयमा साइरन बज्ने छ भने नगर प्रहरी र सम्बन्धित कर्मचारीको मोबाइलमा आफै मेसेज जाने छ। मंगलबारबाट मोबाइल एपमार्फत दमकल सेवा सुरु भएको मेयर गोपाल हमालले बताए।

‘मोबाइल एप डाउनलोड गरेर दमकल थिच्दा उपमहानगरपालिकामा साइरन बज्ने छ। नगर प्रहरीसँगै उपमहानगरपालिकाका विपद्सँग जोडिएका कर्मचारीको फोनमा म्यासेजसमेत जाने छ।’ उनले भने।

मोबाइल एपमार्फत आगो लागेको क्षेत्र, सडक तथा घरधनीको नाम र फोन नम्बरसमेत प्राप्त हुने र सोही जानकारीका आधारमा दमकल तुरुन्त घटनास्थल पुग्ने  उनले बताए। यस अघि आगलागी हुँदा फोन गरेर ठाउँको बारेमा जानकारी लिई दमकल पुग्न लाग्ने समय भन्दा मोबाइल एपबाट दमकल आगलागी भएको स्थानमा छिटो छरितो पुग्ने बताइएको छ।

‘आगो लागेपछि सबै भन्दा महत्त्वपूर्ण समय हो। कसैको घरमा आगलागीपछि ठाउँ पत्ता लगाउन धुवा खोज्नुपर्ने  अवस्थाको यो मोबाइल एपले अन्त्य गरेको छ’ उनले भने।

समय बचत भएपछि धन र जन बचाउन सकिने उनको भनाई छ। धनगढीका वैज्ञानिक सुमन पौडेलले यो प्रविधि विकास गरेर निःशुल्क सेवा जडान गरेका हुन्।

नेपालमा पहिलो पटक धनगढीमा एपमार्फत दमकल सेवा दिन सुरु गरिएको उनको भनाई छ।

प्रकाशित: २२ कार्तिक २०८० १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App