२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

भारत सरकारले पठायो दोस्रो चरणको राहत सामाग्री

भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।

उक्त राहत सामाग्री भारतीय राजदूतावासका प्रतिनिधि प्रशान्त श्रीवास्तवले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो चरणको राहत सामाग्री आइतबार उप-प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पठाइनेछ।

तस्बिरहरु: अर्जुन ओली/नागरिक

प्रकाशित: २० कार्तिक २०८० १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App