१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दश करोडकाे सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारणहरु भूकम्पकाे त्रासले सडकमा सुत्दै। तस्बिरः रासस

चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन्।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो।

हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App