१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

जुवाखालबाट पक्राउ परेका सई निलम्बित

कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेका जुवाडे संगै पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) पदम थापा निलम्बित भएका छन्। गत आइतबार राती सई थापा सहित ८ जना जुवाडे १ लाख १४ हजार नगद परेका थिए।

स्थानीयले गरे पुल अवरुद्ध

जुम्लाको चन्दननाथ नगरपालिका ६ र १० वडा जोड्ने तिला नदीमाथिको पुल स्थानीयले अवरुद्ध गरेका छन्। पुल निर्माण गर्दा छोडेको जग्गाको मुआब्जा नपाएको भन्दै पुल नजिकै स्थानीयले खाडल खनेका हुन्।

ज्याला वृद्धिको माग गर्दै मजदुर आन्दोलित

ज्याला वृद्धिको माग गर्दै बाँकेको जानकी गाउँपालिका ४ मा रहेको कृषि अनुसन्धान निर्देशनालयका मजदुर आन्दोलित भएका छन्। ज्याला बढाउन माग गर्दै आन्दोलनमा आउन परेको अखिल नेपाल कृषि मजदुर संघ इकाई कमिटि अध्यक्ष कृष्ण माया गुरुङको भनाइ छ।

लेक लागेर प्रहरीको मृत्यु

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर निधन भएको छ। आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत बुधबार पोखरामा ल्याइएका ढुङ्गानालाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीको भनाइ छ।  

मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारः एमाले

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा आक्रोश व्यक्त गरेका छन्। गत असोज ३ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशको नाम र राजधानी उपयुक्त नभएको भन्दै दिएको अभिव्यक्ति प्रति स्वयम सत्तारूढ दलकै सांसद् समेत असन्तुष्ट व्यक्त गरेका हुन्।

सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर र रियाज अन्सारीलाई सार्वजनिक गरिएको छ।   १० जनालाई नियन्त्रणमा लिएपनि ५ जनालाई सार्वजनिक गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको भनाइ छ।

‘स्मार्ट त्रियुगा बसपार्क’ को काम अलपत्र

प्रदेशकै नमुना बसपार्क बनाउने योजनाका साथ सुरु भएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’ को काम ३ वर्षयता अलपत्र बनेको छ। डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी २०७६ असार १५ गते सम्झौता भई सुरु भएको कामको ५५ प्रतिशतमा सिमित राखी ठेकेदार कम्पनी बेपत्ता भएको छ।

प्रकाशित: १५ कार्तिक २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App