४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गरेका हुन्।

जावलाखेल मंगलावारदेखि सुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन्। फ्लोरिकल्चर एसोसिएसनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ।

तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्नेछ।

तस्बिरहरु : 

प्रकाशित: १५ कार्तिक २०८० ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App