१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

प्लाष्टिकका फूलहरू प्रतिबन्ध

धनगढीमा प्लास्टिकका ध्वजा–पताका, फूल एवं बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ। सभा, समारोह, चाडपर्व, मेला महोत्सवमा प्रयोह हुने टेन्ट, मञ्च लगायत अन्य कार्यक्रममा प्लास्टिक यस्ता वस्तु प्रयोग गरे प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ अनुसार कारबाही गर्ने उपमहानगरको सूचनामा उल्लेख छ।  

सुर्खेत विमानस्थलमा रात्रीकालिन उडान गरिने

काठमाडौंसँग सिधा हवाई सेवा सुरू भएको तीन वर्षपछि सुर्खेत विमानस्थलमा रात्रीकालिन उडानका लागि बत्ति जडान गरिँदै छ। आठ करोड लगातमा अबको तीन महिना भित्र सम्पन्न हुने गरि आइकाओको मापदण्ड अनुसार जडान गर्न लागेको विमानस्थल प्रमुख राजन ढुंगेलको भनाइ छ।

शान्तिभूमिबाट द्वन्द्व अन्त्यको आह्वान

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्तिभूमिबाट संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यको आह्वान गरेका छन्। बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो रहेको उनको टिप्पणी छ।

स्थानीयलाई गुटेरेसको बचन

भ्रमणका क्रम मंगलबार बिहान अन्नपूर्ण आधारशिविर (एबीसी) पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङले गरे। जलवायु परिवर्तनको असर कम गर्न सक्दो पहल गर्ने स्थानीयलाई गुटेरेसले आश्वासन दिएका छन्।

आम माफीका रामचन्द्र अपहरणको धम्की पछि पक्राउ

आम माफी पाएर छुटेका भरतपुर महानगरपालिका ९ का ५५ वर्षिय रामचन्द्र थापा अपहरणको धम्की दिइ २५ लाख मागेको आरोपमा पक्राउ परेका छन्। लागु औषध, हात हतियार तथा खरखजना, चोरी लगायत कसुरमा यसअघि सजाय भक्तान गरेका थापाले सोमराज सुवेदीलाई मागेको रकम नदिए छोरालाई सुट गरिदिने धम्की दिएको चितवन प्रहरीको भनाइ छ।

प्रधानाध्यापक हत्या प्रकरणमा पूर्वप्रेमी पक्राउ

बाराको कलैया–६ स्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना महिलासहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट सर्राफको हत्यामा विवाहोत्तर प्रेम सम्बन्ध कारक हुनसक्ने प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईको भनाइ छ।

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छः मुख्यमन्त्री कार्की

चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन्। आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमालेले विगतमा उठाउँदै आएको एजेण्डा कार्यान्वयन गर्ने कार्कीको आश्वासन छ।

प्रकाशित: १४ कार्तिक २०८० १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App