२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दिल्लीबाट हिँडे उद्धार गरिएका नेपाली, को कसरी आउँदैछन् ?

फाइल तस्बिर

इजरायलबाट भारतीय विमानमार्फत उद्धार गरिएका १८ जना नेपाली आफ्नो गन्तव्यतर्फ हिँडेका छन्।  

नेपाल सरकारको आग्रहमा भारत सरकारले युद्धग्रस्त इजरायलबाट १८ जना नेपालीलाई उद्धार गरेर मङ्गलबार भारतको राजधानी दिल्ली ल्याएको थियो। दिल्लीमा सकुशल अवतरण गरेका उनीहरूलाई भारतस्थित नेपाली राजदूतावासले नेपाल फर्किन व्यवस्था मिलाइदिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ७ जना रिजर्भ बसबाट कञ्चनपुरका लागि हिँडेका छन् भने ८ जनाले काठमाडौंका लागि आफ्नै टिकट काटेका छन्। २ जना आफ्नै तरिकाले जान्छु भनेर हिँडेको मन्त्रालयले जनाएको छ। यस्तै १ जना आफन्त छन् भनेर मुम्बई गएको र ३ जना अझै नयाँ दिल्लीस्थित नेपाली दुतावासमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८० ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App