४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैँ सुरु भएसँगै केराको माग र मूल्य बढ्यो

दसैँ सुरु भएसँगै बजारमा केराको माग बढेको छ। दसैँको एक दिन अघिसम्म ३५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको केराको मूल्य दसैँ लागेसँगै वृद्धि भएको छ। अहिले प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्म केरा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्।  

घटस्थापनादेखि ९ दिनसम्म नौरथाको ब्रत बस्ने र पूजाआजा गर्नेहरूले बढी हुने हँुदा केराको माग दोब्बर भएको हो। सदरमुकाम तौलिहबामा फलफुल बेच्ने थोक व्यावसायीहरू अहिले केराको माग बढेपछि व्यापारले गति लिँदा उत्साहित छन्।

उनीहरूलाई अहिले अन्य फलफुलभन्दा केरा बेच्ने चटारो छ। माग बढेपछि  उनीहरूले त्रिबेणीबाट केरा किनेर ल्याउने गरेका छन्। पहिले दैनिक ५ क्विन्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक १० देखि क्विन्टलभन्दा बढी बिक्री पुगेको इर्फान फलफुल भण्डारका रईस मन्सुरीले बताए।  

पहिले सातामा एक पटक डिसिएममा केरा आउदथ्यो भने अहिले दुई तीन पटक ल्याउन लागिएको छ। ‘अहिले सातामा सजिलै ३० मेट्रिक टन बिक्री हुन्छ।’ उनले भने। ‘माग बढी आईरहेकाले अझै बढला जस्तो छ, जति बढे पनि पु¥याउने किसिमले प्रबन्ध मिलाएका छौं’ उनले भने। आर्थिक मन्दिका कारण यस वर्ष आधा मात्र बिक्री भएको उनले गुनासो समेत गरे।  

बिगत वर्षहरूमा दशैका बेला दैनिक २५ देखि ३० क्विन्टलसम्म केरा बिक्री हुने गरेकोमा यस वर्ष भने त्यसको आधा मात्र केरो बिक्री भएको उनले बताए।  

उता सदरमुकामको मुस्कान फलफुल भण्डारका ब्यवसायी समुउल्लाह कुजडालाई पनि केरा बिक्रीको भ्याई नभ्याई छ। उनले अहिले दैनिक १० देखि क्विन्टल बढी केरा बिक्री गरिरहेका छन्।  

पहिले उनले दैनिक ५ क्विण्टल केरा बिक्री गर्दै आईरहेकामा दसैँं लागे पछि बिक्री दोब्बर बढी पुगेको उनले बताए। उनले पनि त्रिवेणीबाट केरा ल्याई यहा बिक्री बितरण गर्दै आएका छन्।  

गत वर्षभन्दा यस वर्ष भने बिक्रीमा भने कमी आएको उनले बताए। ‘आर्थिक मन्दीले बजारमा चहलपहल समेत कम छ विगत वर्षहरूको दसैँ जस्तो केरा बिक्री भएको छैन,’ उनले भने।  

सदरमुकाम तौलिहवामा मात्र ५ जना फलफुलका थोका ब्यापारीहरुले केरा बिक्री गर्ने गरेका छन्। थोक व्यापारीले प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा केरा बिक्री हुने गरेको बताउछन्। यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री बितरण हुदै आएका छन्।  

नवरात्रीको बेला धेरै जना व्रत बस्ने र पूजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रुपमा रहेको केरा बढी प्रयोग हुने पण्डित ठंडा प्रसाद पराजुलीले बताए। उनले पुजाआजामा पनि भगवानलाई फलका रुपमा केरा नै चढाईने हुँदा पनि केराको माग बढेको बताए।  

प्रकाशित: १ कार्तिक २०८० ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App