२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्लीमा, भारत सरकारलाई नेपालको धन्यवाद

इजरायलमा फसेका नेपालीमध्ये थप १८ जना नेपालीहरू सकुसल भारत पुगेका छन्। भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट इजरायलमा रहेका नेपालीमध्ये थप १८ जना नेपालीहरूको उद्धार गरिएको हो।

भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले १८ जना नेपालीहरू भारतको नयाँदिल्ली आइपुगेको जानकारी दिएका छन्। उनीहरूलाई भारतस्थि नेपाली राजदूतावासले नयाँदिल्लीस्थित विमानस्थलमा स्वागत गरेका थिए।

राजदूत डा.शर्माले इजरायलबाट नेपालीहरूलाई ल्याइदिएको भन्दै भारत सरकारप्रति आभार प्रकट गरेका छन्।

नेपाल सरकारले भारत सरकारलाई इजरायलमा रहेका आफ्ना नेपाली नागरिकको उद्धारका लागि आग्रह गरेपछि भारत सरकारले त्यहाँ रहेकामध्ये १८ जनालाई भारतसम्म उद्धार गरेर ल्याइदिएको हो।  

राजदूत डा.शर्माले इजरायलबाट उद्धार गरिएका नेपालीहरूलाई नेपालसम्म छोड्नका लागि गाडीको व्यवस्था गरिएको बताए।

यसअघि नेपाल सरकारले इजरायलको तेलअविवबाट २५४ जना नेपालीहरूको उद्धार गरेको थियो।

प्रकाशित: १ कार्तिक २०८० ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App