२५ असार २०८१ मंगलबार
image/svg+xml

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्लीमा, भारत सरकारलाई नेपालको धन्यवाद

इजरायलमा फसेका नेपालीमध्ये थप १८ जना नेपालीहरू सकुसल भारत पुगेका छन्।

भारतका दुई गगनचुम्बी भवन भत्काइयाे

दुई गगनचुम्बी भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ र सडक खालि गरिएको थियो। भवन भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ।

भारतको दुई गगनचुम्बी भवन आज भत्काइदै

भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई आज दिउँसो २ः३० बजे भत्काइने भएको छ।

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ।

भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।

दिल्लीका मुख्यमन्त्रीद्वारा कामदारलाई राहत दिने घोषणा

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन्।

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

स्वास्थ्यमन्त्री ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिँदै

स्वास्थ्य तथा जनसंख्या तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्। तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री डा महत नयाँदिल्ली प्रस्थान

भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन्।। सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै छिन्।

नयाँदिल्ली पुग्नभन्दा नागढुङ्गा पुग्न ढिलो !

कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला ? त्यति सहज छैन, यसको जवाफ । हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले ।

दाङ–नयाँदिल्ली बस सेवा सञ्चालन

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ। समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखराबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने भएको छ। यसका लागि कम्पनीले आन्तरिक तयारी अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्