१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अर्घाखाँचीको छत्रदेवमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी ट्याक्टरका सहचालक पाणिनी गाउँपालिका वडा नम्बर ८ का २० वर्षिय थम्मन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा घाइते भएका कुमालको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले बताए।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।

प्रकाशित: ३० आश्विन २०८० ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App