१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बडादसैँको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको पूजा गरिँदै

बडादसैँको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणी देवीको पूजा आरधना गरिँदै छ।

आज बिहानैदेखि देशभरका देवीमन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको भिड लागेको छ।  ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजा आरधना गर्ने प्रचलन रहेको छ।  

ब्रह्मचारिणीदेवीको आरधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक हुने बताइएको छ।  

देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ।

प्रकाशित: २९ आश्विन २०८० ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App