३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

रामबाबुले घरमै पाए नागरिकता

फरक क्षमता भएका धनुषाको बटेश्वर गाउँपालिका–१ का रामबाबु महतोले घरमै नागरिकता पाएका छन्। 

महतोलाई जिल्ला प्रशासन कार्यालय धनुषाले घरमै पुगेर नागरिकता उपलब्ध गराइएको हो।

शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी लगायत अधिकारीले रामबाबुको घरमै पुगेर नागरिकता दिएको छ।

फरक क्षमता भएका छोरालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा लैजान असहज भएको भन्दै घरमै नागरिकता उपलब्ध गराइदिने वातावरण बनाइदिन आमा तेतरी महतोले निवेदन दिएकी थिइन्।

सोही निवेदनको आधारमा प्रशासन कार्यलयले रामबाबुको नागरिकताको लागि तयार कागजात प्रक्रिया पुर्याएर घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो।

करिब डेढ दशक अघि रामबाबुको बुबा रामसागरको मृत्यु भैसकेका छ। बोल्न पनि नसक्ने रामबाबुलाई आमा तेतरीले पालनपोषण गर्दै आएकी छन्। २१ वर्षपुगे पनि नागरिकता नहुदाँ चारवर्षदेखि भत्ताबाट पाउन सकेका थिएनन्।

तेतरीले आफ्नो एकल महिला सामाजिक सुरक्षा भत्ता र जेठो छोरा मनोज कुमार महतोको ज्याला मजदुरीबाट गुजारा गर्दै आएकी छिन्।

जन्मसिद्धका सन्तान रामबाबु जस्तो फरक क्षमता भएका सन्तानलाई पहिलोपटक घरमै पुगेर नागरिकता प्रदान गरेको धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले बताए।  

प्रकाशित: २६ आश्विन २०८० १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App