२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कसरी गर्ने विदेशमा विवाह र सम्बन्ध विच्छेद (भिडियो सहित)

मान्छे स्वभावले नै घुमन्ते प्राणी हो। उ कुनै एक स्थानमा निरन्तर बसिरहन मन पराउँदैन। पछिल्लो समय त झन् भूमण्डलीकरणका कारण विश्व नै एक ग्राम बनिरहेको छ। यस्तो अवस्थामा कुनै पनि मान्छे देशको कुनै निश्चित सिमाना बाँधिएर बस्न चाहँदैन। निश्चित उमेरपछि विवाह गर्नु र मन नमिल्दा सम्बन्ध विच्छेद हुनु सामान्य कुरा हो। नेपालमै बस्दा यसका कानुनी प्रक्रिया बारे त सबै जानकार हुनुहुन्छ नै।

तर नेपालीले विदेशमा विवाह गर्दा वा सम्बन्ध विच्छेद गर्दाको अवस्थाबारे नेपालको कानुनले के भन्छ ? नेपालले मान्यता दिन्छ वा दिँदैन ? कस्तो अवस्थामा नेपाललाई मान्य हुन्छ वा कुन अवस्थामा नेपालले विदेशमा भएको विवाह वा सम्बन्ध विच्छेदलाई मान्यता दिँदैन। यी विषयमा नेपालको कानुनले निर्धारण गरेको अवस्थाबारे के तपाईँलाई थाहा छ ? नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ। तर विवाहको लागि योग्यता तथा विवाहका सर्तहरू जस्तै विवाह गर्ने उमेर, मञ्जुरी, वैवाहिक स्थिति लगायतका विषय नेपालको कानुनले तोके बमोजिम नै हुनुपर्छ।

त्यसरी विदेशमा विवाह गर्दा पूरा गर्नुपर्ने प्रक्रियाहरू जस्तै विवाह दर्ता गर्नुपर्ने, विवाहको प्रमाणपत्र लिनुपर्ने लगायतका विषय भने तपाईँ जुन देशमा विवाह गर्दै हुनुहुन्छ सोही देशको कानुनले तोके बमोजिम हुनुपर्छ।

तर, त्यस्तो देशमा रहेको नेपाली दूतावास वा कन्सुलर कार्यालयबाट विवाह गर्दा भने विवाहको प्रक्रियाहरू पनि नेपालको कानुन बमोजिम नै हुनुपर्छ।

यी त भए विदेशमा गरेको विवाहले मान्यता प्राप्त गर्न सक्ने अवस्थाहरू। सम्बन्ध विच्छेदको अवस्थामा के गर्नेरु नेपाली नागरिकले विदेशमा बस्दा विदेशी नागरिक वा नेपाली नागरिकसँग गरेको विवाहलाई सम्बन्ध विच्छेद गर्न पनि सक्दछ। त्यसका लागि भने सम्बन्धित देशको कानुन बमोजिम सम्बन्ध विच्छेद भएको हुनुपर्छ। सम्बन्धित देशको कानुन पूरा गरी गरिएको सम्बन्ध विच्छेदले नेपालमा पनि मान्यता पाउने कानुनी व्यवस्था छ।

प्रकाशित: २६ आश्विन २०८० १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App