२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा छेडाको माछा

वीरेन्द्रनगरमा जाजरकोटको छेडा खोलाको सुकाएको माछा देखाउँदै विरबहादुर थापा। तस्बिर: गोविन्द केसी/नागरिक

वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्। गाउँमै माछा बिक्रि हुने भए पनि मुल्य राम्रो पाइएला भनेर वीरबहादुर डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गरेका हुन्। त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ। वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन्।

धेरै वर्षदेखि उनी माछा बिक्रि गर्न वीरेन्द्रनगर आउन थालेका उनी अहिले छेडाको माछा बिक्रि गर्ने चर्चित ब्यक्तिका रुपमा कहलिएका छन्। गाउँमै आलो माछा ६ सयदेखि ७ सय रुपैँया केजी किनेर सुकाउने गरेका उनी माछाको मुल्य राम्रो पाइएला भनेर वीरेन्द्रनगरका चौकचौकमा बिक्रिका लागि चाहछन्। उनलाई आफ्नो ठाउँको माछाको स्वाद वीरेन्द्रनगरमा खुवाउन पाउँदा खुसी लाग्ने गर्छ।

छेडागाढ नगरपालिका – ६ सुवा गाउँका ६५ वर्षका थापा माछा बिक्रिसंगै शहरमा पढ्न आएका छोराछोरी समेत भेटेर घर फर्कन्छन्। घरमा माछा सुकाउँने अनि फेरी बेच्न स्थानीय बजार हुँदै वीरेन्द्रनगरसम्म पुग्छन्। केही पैसा आम्दानी पनि हुने छेडा खोलाको माछा स्वाद बाँड्न पाउने भन्दै यो पेशामा आफू सन्तुष्ट रहेको बताए। उनले प्रतिकिलो ३ हजारदेखि ३५ सयसम्म बिक्रि गर्छन्। उनी भन्छन्, ‘माछा स्वाद थाहा पाउनेहरुलाई बेच्न गाह्रो हुँदैन्।’ आफुले पनि माछा सुकाउँने र बाँकी गाउँमा खरिद गरेर विक्रि गर्न ल्याउने गरेको बताए। डोकामा ८ देखी ९ केजीसम्म माछा अटाउँछ। उनका ४ छोरा र ४ छोरी रहेका छन्। केही छोराछोरी वीरेन्द्रनगरमै आफुले दुःख गरेर भएपनि पढाएको बताए।

जाजरकोटको छेडा खोलाको माछा स्थानीयहरु मिठो माछा भनेर प्रशिद्ध छ। तर, छेडाकै माछा बिक्रि गर्न लैजादा पनि विश्वास गर्न र किन्न गाह्रो मान्ने गरेको वीरबहादुरको अनुभवसंग छ। ‘छेडा खोलाकै माछा सुकाएर विक्रि गर्न ल्याउने गरेको छु।’ उनले भने, यहाँ मान्छेले विस्वास गर्दैनन्। बिक्रि हुन अलि गाह्रो गरेको छ।’  माछा सुकाएर वीरेन्द्रनगरसम्म आएर बेच्दा फाईदा भने जस्तो हुँदैन्। माछा सुकाएर तयार पार्न दुःख उस्तै छ। ‘राम्रोसंग सुकेनभने ग्राहकहरुले किन्दैनन्। निकै ख्याल गरेर सुकाउनुपर्छ।’ उनी भन्छन्, ‘अनि त्यसपछि विक्रिको लागि त्यहाँबाट यहाँसम्म आउनुपर्छ। फेरी भनेको बेला विक्रि हुँदैन्।’ छेडाको माछा भनेपछि केही अर्डर पनि हुन्छ। अरु बजारमा विक्रि गर्ने गरेको उनले बताए। कहिले केही घण्टामै माछा विक्रि हुने भएपनि कहिले दुई दिनसम्म लगाएर बिक्रि गर्नुपरेको अनुभव उनीसंग छ। सबै खर्च कटाएर बचेको पैसा छोराछोरीको पढाई खर्च र घर खर्चमै ठिक्क हुन्छ।  

प्रकाशित: २६ आश्विन २०८० ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App