१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगन्जको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हट्यो

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नेपालगन्ज उपमहानगर क्षेत्रमा लगाइएको कर्फ्यु  र निषेधाज्ञा मंगलबार बिहान ४ बजेदेखी लागु हुने गरी पूर्ण रुपमा हटाइएको जानकारी दिए।

नेपालगन्जमा दुई समुदायबीच उत्पन्न विवादका कारण असहज परिस्थिती सिर्जना भएपछि स्थानीय प्रशासनले यही असोज १६ गते दिउँसो १ बजेदेखी कर्फ्यु जारी गरेको थियो। त्यसपछि जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा मात्र जारी गरेको थियो।

विषम परिस्थितीमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण, समन्वय र सहयोग गर्ने धर्म गुरुहरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मी लगायत सबैमा प्रशासनले आभार ब्यक्त गरेको छ।  

प्रकाशित: २३ आश्विन २०८० ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App