२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इजरायल घटना: परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र गठन

सरकारले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकको निर्देशन अनुसार उक्त संयन्त्र गठन गरिएको हो।  

संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरूको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको बताइएको छ। परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सम्पर्क विवरणहरू उपलब्ध गराईएकोले उहाँहरू मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन पनि सरकारले आग्रह गरेको छ।

प्रकाशित: २२ आश्विन २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App