१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

थुनिएको किम्रोङ खोला १४ घण्टापछि बग्न थाल्यो

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित–किम्रोङ खोला थुनिएको झण्डै १४ घण्टापछि खुलेको छ। खोला थुनिदाँ स्थानीयवासी त्रास बढेको थियो। खोला थुनिएपछि तल्लो भेगका मोदी नदीको तटीय क्षेत्रमा जोखिम बढेको थियो। तर, अहिले जोखिम कम भएको स्थानीयले बताएका छन्।

शनिबार राती परेको अविरल वर्षापछि गाउँपालिकाको तउलु गाउँबाट झरेको पहिले खोला थुनिन पुगेको थियो। खोला थुनिए लगत्तै स्थानीय वडाध्यक्ष हिमबहादुर गुरुङले तल्लो तटीय क्षेत्रका वडाहरुमा सूचना जारी गर्दै सचेत रहन आग्रह गरेका थिए।

‘१४–१५ घण्टा थुनिएको खोला बिस्तारै बग्न थालेको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘जोखिम बिस्तारै कम भएको छ।’ खोला एकै पटक बाढीसहित बगेको भए अन्नपूर्ण गाउँपालिकाको तल्लो तटीय क्षेत्र कास्कीको विरेठाँटीमा बढी असर पुर्याथ्यो। बाढी आएको भए वडा नं ५, ७, ८ र १० मा बढी असर पर्ने उनको भनाई थियो।

त्यतिमात्रै नभई खोलाले पर्वतको पातीचौर, डिमुवा लगायत असर पुर्‍याउने जोखिम भएपनि अब घटेको उनले बताए। पर्वतमा रहेको जलविद्युत परियोजनालाई समेत असर पार्ने अनुमान गरिएको थियो।

यो अन्नपूर्ण आधारशिविर (एबिसी) को  पदमार्ग पर्छ। आठ वर्ष अघि पनि यही खोलामा पहिरो झर्दा खोला थुनिएको थियो। पहिरोले अन्नपूर्ण पदमार्गलाई समेत असर गरेको छ। कास्कीको झिनोभन्दा केही परको डाँडाबाट पहिरो खसेको वडाध्यक्ष गुरुङको भनाई थियो।  

प्रकाशित: २१ आश्विन २०८० ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App