१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रिगलको कैद मिनाहा प्रकरणमा राष्ट्रपतिकाे निर्णय झिकाउन आदेश

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश गरेको हो। आदेशमा भनिएको छ, ‘रिगल ढकालको हकमा मिति २०८०/६/३ मा राष्ट्रपतिद्धारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०/०६/२४ भित्र झिकाउनू।’

रिगल विवादलाई छिटो–छरितो रूपमा  निरुपण गर्नुपर्ने देखिएकाले पूर्ण सुनुवाइका लागि यही असोज २५ गते पेशी तोकी अग्राधिकार दिई सुनुवाइको व्यवस्था गर्ने र आकस्मिकरूपमा बिदा परेमा त्यसको भोलिपल्ट सुनुवाइको व्यवस्था गर्न आदेशमा भनिएको छ।

अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेशमा भनिएको छ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो। रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो।

प्रकाशित: १८ आश्विन २०८० १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App