१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नौ लाखसहित २६ जना जुवाडे पक्राउ

बुटवल – रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ । 

सुराकीको आधारमा खानतलासी गर्दा उनीहरुबाट नौ लाख ४६ हजार एक सय ९५ सहित १६ थान कौडा र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए । ‘सुराकीको आधारमा खानतलासी गर्दा २६ जना जुवाडेहरुको समूह पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ,’उनले भने ।

प्रकाशित: ४ कार्तिक २०७४ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App