१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रक पल्टदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कर्णाली राजमार्गको जुम्ला कालिकोट खण्ड अन्तरगत राचुलीमा ट्रक पल्टदा सडक अवरुद्ध भएको छ । सुर्खेत देखि जुम्ला आउँदै गरको ट्रक राचुलीको उकालोमा पल्टदा सडक ठप्प भएको हो । दिपावलीको लागि सुर्खेत, नेपालगंज र काठमाडौँ हुँदै जुम्ला आउने यात्रु अलपत्र परेका छन्। 

दैलेख हुँदै जुम्ला पुगेका यात्रु खड्क बहादुर भण्डारीका अनुसार ट्रक नउँठाउदा सम्म सडक खुल्ने संभावना छैन् । नजिकैको नाग्म प्रहरी चौकीले सडक खुलाउन प्रयास गरेपनि पल्टिएको ट्रक उठाउनको लागि सामान ल्याउनु पर्ने देखिएको यात्रुहरु बताउछन । अहिले सडक मार्ग हुदै जुम्ला मुगु आउने यात्रुले तीन घण्टाको पैदल हिडर नाग्म बजार पुग्नु परेको छ। 

सडक अवरुद्ध हुँदा यात्रु प्रभावित छन । बन्द सडक छिटो खुलाउन यात्रुहरूले माग गरेका छन् । 

प्रकाशित: ३ कार्तिक २०७४ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App